खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



तलब नदिएको भन्दै इनरुवा अस्पताल ठप्प


 संवाददाता   October 3, 2019   431 जनाले पढ़िसके




बिहीबार १६, असोज २०७६
दशैंको मुखमा तलब नपाएको भन्दै इनरुवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
मेडिकल सुपरिटेन्डेन्ट बिना शाक्यले आफ्नो मात्र तलब खाएर काठमाडौँ हिँडेको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । अस्पतालका स्वीपर अशोक मरिकले आफूहरुले चार महिना देखि तलब नपाएको बताए ।
करार र व्यवस्थापन समिति महताकका कर्मचारीले काम ठप्प पार्दा इनरुवा अस्पतालले दिने सेवा नै अहिले प्रभावमा परेको छ । ओपिडी सहितका सेवा ठप्प पारिएको विषयमा अस्पताल व्यवस्थापन समितिले भने असन्तुष्टि पोखेको छ ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द हडताल जायज नहुने भन्दै कर्मचारीहरूलाई काममा फर्किन समितिले आग्रह गरेको छ ।