असोज १६, २०७६ ,
सुनाखरी युवा क्लबको आयोजनामा दोश्रो पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
पत्रकार सम्मेलन गरी असोज २९ गते बाट खेल शुरु हुने आयोजकले जानकारी दिएको छ । यस खेलमा आयोजक सहित ८ टोलिको सहभागिता रहने जनाइएको छ । ८१ हजार १ सय ११ रुपियाँ प्रथम पुरस्कार रहेको सो प्रतियोगितामा द्वितीय हुने टोलिका लागि ५१ हजार १ सय ११ रुपैयाँ रहेको आयोजकले बताएको छ ।
प्रतियोगितामा आयोजक सुनाखरी फुटबल क्लब, योसेक फुटबल क्लब, विभागिय टोलि एपिएफ फुट्बल क्लब, लेटाङ फुटबल क्लब, पञ्चायन फुटबल क्लब सुनसरी , पथरी स्पोर्टिङ क्लब, दमक फुटबल एकेडेमी र डाँगिहाट फुटबल क्लबको सहभागिता रहने आयोजक क्लबका ध्यक्ष मिलन राईले जानकारी दिए।
प्रतियोगितामा प्रथम, द्वितीय पुरस्कारको अलावा विधागत तर्फ उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक लगायतलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक नवीन ढकालले बताए।
प्रतियोगीताका सम्पुर्ण खेलहरु पथरी शनिश्चरे १ स्थित सुनाखरी खेल मैदानमा संचालन हुनेछ। प्रतियोगिता अन्तर्गतको पहिलो खेल असोज २९ गते बुधबार आयोजक र योशेक फुटबल क्लब उर्लाबारी बिच हुनेछ । कार्तिक ३ र ४ गतेको सेमिफाइनल खेल पश्चात् उपाधीका लागि कार्तिक ६ गते खेल हुनेछ।
प्रतियोगिता संचालनमा पथरी शनिश्चरे परिवार हङकङ, पथरी शनिश्चरे नगरपालिका लगायतको सहयोग रहने आयोजकले जानकारी दियो । आयोजकले ८ लाख ५२ हजार रुपैयाँको अनुमानित खर्चमा कार्यक्रम सम्पन्न गर्ने योजना बनाएको छ।