खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रदेश–१ को पञ्चवर्षीय योजना सार्वजनिक


 संवाददाता   October 3, 2019   228 जनाले पढ़िसके




१६, असोज २०७६
प्रदेश–१ योजना आयोगले पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको नीति तथा कार्यक्रममै ६ महीनाभित्रैमा आवधिक योजना निर्माण गरिसक्ने घोषणा गरेको प्रदेश सरकारले मंगलबार २०७६र७७–२०८०र८१ को आवधिक योजना सार्वजनिक गरेको हो ।
आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री शेरधन राईले यसको फ्रेमभन्दा बाहिर एक कदम पनि पाइला नचालिने बताए । विगतमा केन्द्रमा शतप्रतिशत कामहरू आवधिक योजनाको विपरीत हुने गरेको बताउँदै उनले बनेका योजनाहरू एकातिर थन्क्याएर मन्त्री र सचिवहरूले मनखुशी कार्यक्रम गरेकाले सफल हुन नसकेको बताए । प्रदेशमा त्यस्तो नहुने बताउँदै मुख्यमन्त्री राईले आवधिक योजनालाई पालना गर्दै कार्यक्रम र बजेट बनाइने उल्लेख गरे ।
स्थानीय तहसम्मै आवधिक योजना र्पुयाउने बताउँदै उनले अहिलेसम्म बनाएका योजनाहरू र आवधिक योजनाको तादम्त्य मिलाउने काम स्थानीय तहहरूसँग पनि गरिने जानकारी दिए ।
उत्पादनमुखी क्षेत्रमा लगानी वृद्धि गरी आय र मर्या्दित रोजगारीका अवसरमा वृद्धि गर्नु, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा गुणात्मक सुधार गर्दै उन्नत मानव संसाधन विकास र समतामूलक समाजको आधार निर्माण गर्नु जस्ता उद्देश्यहरू तय गरिएको छ ।