खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



सार्कलाई गति दिन सबै तयार ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली


 संवाददाता   October 3, 2019   374 जनाले पढ़िसके




२०७६ असोज १६ गते
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सार्कलाई गति दिन यसका सदस्य राष्ट्र तयार रहेको बताएका छन् ।
सार्क आबद्ध केही राष्ट्रबीचको मनमुटावले पछिल्लो समय सार्क गतिहीन देखिएको छ । यसको नियमित गतिविधिसमेत केही समयदेखि प्रभावित हुँदै आएको छ । तर, संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकमा सहभागी भएर स्वदेश फर्किएका परराष्ट्र मन्त्री ज्ञवालीले यसका सबै राष्ट्र गति दिन तयार भएको बताएका छन् ।
मन्त्री ज्ञवालीका अनुसार, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अनौपचारिक मन्त्रिरिषद् बैठकमा सबैले सार्कलाई सक्रिय पार्न भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन् ।
फरक प्रसंगमा मन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तय भइनसकेको बताए ।
ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४औं महासभा बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका थिए ।
बैठकका क्रममा ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिएका थिए ।
विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरु र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत गरी १९२ देशबाट प्रतिनिधित्व भएको थियो ।