खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



वडा अध्यक्ष सागर राइ द्वारा विल चेयर बितरण


 संवाददाता   October 2, 2019   1015 जनाले पढ़िसके




पथरी शनिश्चरे वडा नम्बर -१० का वडा अध्यक्ष सागर राइले सोही वडा निवासी बार्ह बर्षिय शारीरिक रुपमा अपाङ्ग आयुसा राइलाई विल चेयर प्रदान गर्नुभएको छ।
बार्ह बर्षिय शारीरिक रुपमा अपाङ्ग राइ बच्चा नजिक रहेको शिदार्थ बोर्डिङ स्कुलमा कक्षमा अध्ययन गर्दैछन । जन्मिदा सपाङ्ग जन्मिएको तर पछी गएर बिस्तारै उनको हडडी कमजोर हुँदै हात खुट्टा नै चल्न छाडेको अभिभावकले जानकारी दिनु भयो। जानकारी अनुसार अहिले उनको हात र खुट्टाको हाड अहिले बिस्तारै बाङिगदै गएको छ । तिष्ण मनस्तिथीका आयुशा अन्य नानीहरु जति कै सामान्य अवस्थामा पढ्न लेख्न सक्छन । भबिश्यमा पढेर डाक्टर बन्ने उनको सपना छ ।


वडा अध्यक्ष राइले आयुसाको घरमा नै पुगेर विल चेयर ब्यक्तिगत तवरले बितरण गरेका हुन । उनले बिभिन्न समयमा निरन्तर यस्तै सहयोग गर्दै अाइरहेका छन । आउने दिनमा आफ्नो वडामा सिसी क्यामेरा बिभिन्न ठाउमा जडान गर्ने र त्यसको लागि अभियान चलाऊने र आफ्नो मासिक तलब सुबिधाबाट कटौती गरेर भए पनि सो कार्य सफल पार्ने उनको योजना छ ।