खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा आज नेपाल–सिंगापुर भीड्दै


 संवाददाता   October 2, 2019   212 जनाले पढ़िसके




२०७६ असोज १५ गते
टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणमा नेपालले आज अन्तिम खेलमा आयोजक राष्ट्र सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।
इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साँझ नेपाली समयानुसार ५ बजेर १५ मिनेटमा नेपाल र सिंगापुरबीचको खेल हुनेछ ।
त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गर्नका लागि पनि आजको खेल जित्नैपर्ने दबावमा नेपाल छ । यदि आजको खेलमा नेपाल पराजित भएमा जिम्बाब्वे र सिंगापुर एक आपसमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गर्ने छन् । त्यसकारण पनि आजको खेल कुनै पनि हालतमा जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ ।
यसअघि भएको दुवै खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको छ । पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै, जिम्बाब्वेसँगकै अर्को खेलमा नेपाल ४० रनले पराजित भएको हो ।
नेपालले यसअघि सिंगापुरविरुद्धको खेल भने सहजरुपमा जित हात पारेको थियो । कप्तान पारस खड्काको कीर्तिमानी शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै, नतिजा आज पनि निकाल्ने लक्ष्यमा नेपाल छ ।