खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



महिलाको कोठाका सामान प्रहरी नियन्त्रणमा, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार


 संवाददाता   October 1, 2019   212 जनाले पढ़िसके




असोज १४, २०७६
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको गम्भीर आरोप लगाउने महिलाको कोठाबाट प्रहरीले जाँचबुझका लागि शंकास्पद ठहरिएका सामान नियन्त्रणमा लिएको छ। यौन दुराचारको आरोप लागेपछि सभामुख महराले पदबाटसमेत राजीनामा दिइसकेका छन्।
घटना सञ्चार माध्यमहरूमा पुगेको र घटनाले थप उचाइ लिएपछि प्रहरीले मंगलबार पनि ती महिलाको कोठाबाट सम्बन्धित जाँचबुझका लागि सहायक हुन सक्ने शंकास्पद बस्तु बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुबेदीले जानकारी दिए।
उनका अनुसार पीडित पक्षले अहिलेसम्म प्रहरीमा उजुरी भने दिएकी छैनन्। प्रहरीमा उजुरी गर्नुअघि पीडित महिलाको स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि उनी स्वास्थ्य परीक्षण गर्न मानेकी छैनन्। पीडित महिलाले सोचेर तथा सल्लाह गरेर निर्णय लिने प्रहरी समक्ष बताएको सुवेदीले बताएका छन् ।