खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



रोकी राखेको टिपर चल्दा १ को मृत्यु ३ घाइते


 संवाददाता   October 1, 2019   136 जनाले पढ़िसके




असोज १४, २०७६
सल्यानमा रोकी राखेको टिपर चल्दा एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शारदा नगरपालिकाको कार्यालयनजिकै बा ३ क २३६५ न टिपर दुर्घटना हुँदा शारदा नगरपालिका ८ मार्केकी ४५ वर्षीया रामकली विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
विक खलंगा सुर्खेत सडकमा मजदुरको रुपमा काम गर्दै आइरहेकी थिइन्। घाइते हुनेमा सन्तोषी सेवा निमार्णका कामदार ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु र शेषनाथ कुमाल रहेका छन्। घाइते तीनै जनाको सल्यान अस्पतालमा उपचार भइरहेको छ ।
मृत्तक विकले पानी पिउन भनेर झ्याल खोलेर पानीको खोज्ने क्रममा गाडीको ब्रेकमा हात जाँदा टिपर व्याक भई सडकबाट तल खसेको थियो।