खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



जम्मू कश्मीरमा २४ अक्टोबरमा स्थानीय चुनाव हुने


 संवाददाता   September 30, 2019   225 जनाले पढ़िसके




असोज १३, २०७६
संविधानबाट अनुच्छेद ३७० हटाएपछि जम्मू–कश्मीरमा आगामी २४ अक्टोबरमा पहिलोपटक चुनाव गरिने भएको छ ।
जम्मू–कश्मीरका मुख्य चुनाव अधिकारी शैलेन्द्रकुमारले ब्लक डेभलप्मेन्ट काउन्सिलका लागि आगामी अक्टोबर २४ मा गराइनेछ ।
यो चुनावको पहिलो चरणमा २६,६२९ पञ्च र सरपञ्च ब्लक डेभलप्मेन्ट काउन्सिलको अध्यक्षको चुनाव गरिने बताइएको छ । यस दिन प्रदेशको २२ जिल्लामा जिल्ला विकास बोर्डका लागि पनि अध्यक्ष चुनिने छन् ।
यसअघि सन् २०१८ को नोभेम्बरमा जम्मू कश्मीरको पञ्चायतको चुनाव गराइएको थियो । उक्त चुनावमा नेशनल कन्फ्रेन्स र पीडीपी जस्ता प्रमुख क्षेत्रीय पार्टीले ती चुनावमा भाग लिन अस्वीकार गरेका थिए ।