खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



मनसुन अझै केही दिने सक्रिय हुने संकेत


 संवाददाता   September 30, 2019   289 जनाले पढ़िसके




आश्विन १३, २०७६
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन अझै केही दिन सक्रिय हुने संकेत गरेको छ ।
नेपालमा औसत मनसुनको शुरुवात जुन १० बाट प्रारम्भ भई सेप्टेम्बर २३ सम्म कायम रहने भए पनि यसवर्ष ढिला गरी शुरुवात भएकाले अझै लम्बिन सक्ने संकेत देखिएको हो ।
मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा विस्तारै हट्दै जानु पर्ने भए पनि त्यस्तो अवस्था नदेखिएको महाशाखाकी वरिष्ठ मौसमविद् शान्ती कँडेलले जानकारी दिइन् । दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन शुरू हुनुपर्ने भए पनि हाल त्यो अवस्था नरहेको कँडेलको भनाइ छ ।
यो वर्ष अक्टोबरसम्म मनसुन पुग्न सक्ने संकेत देखिएको महाशाखाले जनाएको छ मनसुन सक्रिय हुँदा कृषिमा असर परेको छ भने मानिसको दैनिक जीवनमा पनि प्रत्यक्ष असर पुगेको छ । नेपालीको चाड दशैंलाई प्रभावित बनाउने संकेत देखिएको छ ।