खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा प्रजातान्त्रिक समूहका साह विजयी


 संवाददाता   September 29, 2019   198 जनाले पढ़िसके




रासस
२०७६ असोज १२ गते
उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन् ।
त्यसैगरी, उपाध्यक्षमा समावेशी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला सदस्यमा रीतादेवी साह तथा जुनु रावली विजयी भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद दाहालले बताए ।
दुई महिला सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको थियो । शनिबार सम्पन्न भएको मतगदानमा कूल एक हजार ३२५ मतदाता रहेको संघमा एक हजार १८२ मत खसेको थियो ।