खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



साउदी सेनालाई नियन्त्रणमा लिएको हुथी विद्रोहीको दाबी


 संवाददाता   September 29, 2019   214 जनाले पढ़िसके




आश्विन १२, २०७६
यमनमा संघर्षरत हुथी विद्रोही समुहले ठुलो संख्यामा साउदी सेनालाई नियन्त्रणमा लिएको दाबी गरेको छ । दुई मुलुकबीचको सिमा क्षेत्रमा भएको भिडन्तका क्रममा साउदी सेनालाई नियन्त्रणमा लिएको यमनले दाबी गरेको हो । हुथी विद्रोहीका प्रवक्ताले साउदी अरबका तीन वटा ब्रिगेडका सेनाले आत्मसमर्पण गरेको दाबी गरेको बीबीसीले उल्लेख गरेको छ ।
हजारौं सेना हुथी विद्रोहीको कब्जामा रहेको तथा केहीको मृत्यु समेत भएको दाबी गरिएपनि सो विषयमा साउदी अरब सरकारले कुनै पुष्टि गरेको छैन । हुथी विद्रोहीले दुई साताअघि साउदी तेल उत्पादन केन्द्रमा आक्रमण गरेको दाबी गरेको थियो ।