खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



साफ अण्डर १८ च्याम्पियनसीपको उपाधिका लागि भारत र बंगलादेश भिड्दै


 संवाददाता   September 29, 2019   220 जनाले पढ़िसके




आश्विन १२, २०७६
नेपालमा जारी तेस्रो संस्करणको साफ अण्डर १८ च्याम्पियनसिपको उपाधिका लागि आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दुबै टोली समुह बीमा रहेका टोली हुन् ।
सेमिफाइनलमा भारतले माल्दिभ्स र बंगलादेशले भुटानलाई समान ४–० ले हराउदै उपाधि यात्रा तय गरेका थिए । राजधानीको हल्चोकस्थित एपीएफ मैदानमा दिउँसो साढे २ बजे यी दुई टोलीबीचको उपाधि भिडन्त सुरु हुनेछ ।
समुहचरणमा भएको भेटमा दुबै टोलीले गोलरहित बराबरी खेलका थिए । पहिलो पटक फाइनल पुगेको बंगलादेश बलियो टोली भारतलाई हराउदै उपाधिमा नाम लेखाउन चाहान्छ ।
फाइनल पुगेर पनि उपाधि हात पार्न नसकेको भारत भने तेस्रो संंस्करणको उपाधि उचाल्ने योजनामा रहेको छ ।