खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बडादशैँ प्रारम्भ, आज घटस्थापना घर घरमा जमरा राखिदै


 संवाददाता   September 29, 2019   170 जनाले पढ़िसके




आश्विन १२, २०७६
नेपालीहरुको प्रमुख चाड बडादशैँ घर–घरमा घटस्थापना गरी आजबाट सुरु हुँदैछ । आज आ –आफ्नो पुजा कोठा वा दशैँघरमा विधिपुर्वक दियो, कलश र गणेशको पुजा गरी माटोको पुर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ मकै रोपेर जमरा राख्ने गरिन्छ ।
राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान १० बजेर ३५ मिनेट घटस्थापनाका लागि शुभ मानिएको थियो । आज घर–घरमा राखिने जमरा विजया दशमीका दिन टिकासँगै समृद्धिको प्रतिकको रुपमा लगाउने गरिन्छ । हनुमान ढोका दरबारमा रहेको दशैँ घरमा वैदिक विधिपुर्वक जमरा राखी महाकाली, महालक्ष्मी नवदुर्गा र अन्य शक्ति पिठहरुमा नवरात्री पुजाको शुभारम्भ हुन्छ ।
आजदेखि दशैँ अवधिभर नवरात्रपर्व मेलाका रुपमा शक्तिपिठ तथा घटस्थापना गरिएका स्थानमा घरमुली वा पण्डित पुरोहितद्धारा सप्तशती चण्डी र भगवती स्तोत्र पाठ गर्ने चलन छ । पञ्चाङ्ग निर्णायक समितिले यसवर्ष टिकाको साईत विहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको जनाएको छ ।