खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



श्री बाल कल्याण माद्यामिक बिधालयलाई शैक्षिक अभियान्ताहरु द्वारा १४ थाना पंखा बितरण


 संवाददाता   September 27, 2019   426 जनाले पढ़िसके




 

पथरी l मोरङ , पथरी शनिश्चरे -७ अवस्थित श्री बाल कल्याण माद्यामिक बिधालयलाई शैक्षिक अभियान्ताहरु द्वारा १४ थाना पंखा बितरण गरिएको छ ।
नगर प्रमुख दिलिप कुमार राइ र स्थानिय वडा अध्यक्ष कपिलमणी ढकालको समेत उपस्तिथिमा सम्पन्न कार्यक्रममा बिद्यार्थीहरु साथै अभिभावकको उपस्तिथी रहेको थियो । शैक्षिक अभियानता प्रदिप कुमार राइको अगुवाइमा हाल हङकङगमा बैदेशिक रोजगारको शिलशिलामा रहनु हुने राज कुमार राइको सम्योजकत्वमा अभियानताहरुको अभियान शिक्षादान सर्बदान भन्ने नाराको साथमा १०० पंखाको अवधारणा अनुरुप बिभिन्न सामुदायिक बिधालयहरुमा पंखा बितरण गरिएको छ । आफ्नो भनाइ राख्दै अभियानता राइले उक्त बिधालयबाट यस इ इ मा ए ग्रेडमा उतिर्ण गरेमा तीन जना सम्मलाई छात्रब्दीको ब्य्वस्था गरिने पनि घोषणा गर्नु भएको छ । भने नगर प्रमुख राइले कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक बिकास सँगै शैक्षिक योजनाहरु बारेमा नगरको योजनाहरु पनि अघी सार्नु भएको थियो । बिशेष गरेर प्राबिधिक शिक्षा लिन चाहनेहरुले मदन भण्डारी प्रतिस्थानमा अध्ययन गर्न चाहेमा नगरले पढाएे खर्चको ब्यवस्था गर्न सकिने प्राबधान रहेको उल्लेख गर्नु भएको थियो ।