खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भाषाको संरक्षणमा किरात याक्थुमचुमलुङ जुटदै ः भागिरथमा पनि लिम्बु भाषाको कक्षा सुरु


 संवाददाता   September 27, 2019   473 जनाले पढ़िसके




एलिना दियाली
१० असोज,पथरी
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ मा रहेको भागिरथ माध्यमिक विद्यालयमा सिरिजङा किँरात लिपि लिम्बुभाषा आनिपानको कक्षा सुरु भएको छ ।
बिहिबार सो विद्यालयका कक्षा एकका १८ जना बिधार्थीलाई आनिपानको किताब साथै कपि बितरण गरिए संगै कक्षा सुरु भएको हो ।
बिधार्थीलाई नगर प्रमुख दिलिप कुमार राई साथै जनप्रतिनिधि,र शिक्षकहरुको उपस्थिितिमा आनिपानको किताब बितरण गरिएको थियो।
भाषा,लिपिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले किँरात याक्थुङ चुम्लुङ नगरशाखाको पहल तथा पथरीशनिश्चरे नगरपालिकाको समन्वयमा सो कार्यक्रम गरिएको किँरात याक्थुङ चुम्लुङ नगर सचिव बिक्रम लिम्बु बताएका छन् ।
किँरात याक्थुङ चुम्लुङ नगर उपाध्यक्ष सुमन वनेमले देवनगरी लिपि जस्तै आनिपान लिपि पनि सबैले पढ्दा हुने बताउँदै संविधानले पनि स्थानिय भाषा विद्यालयमा पढाउन सक्ने व्यवस्था गरिएको र सोहि अनुसार कक्षा सुरु गरिएको दाबि गरेका छन् ।
यस भन्दा अगाडि नै पथरीशनिश्चरेको किराँतेश्वर माध्यमिक विद्यालयमा कक्षा एक देखि पाँच कक्षा सम्म आनिपान लिपिको पढाई भईरहेको छ।