खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सुकुम्बासी समस्यालाई सरकारले बुझेको ः मन्त्रि हिक्मत कुमार कार्की


 संवाददाता   September 27, 2019   721 जनाले पढ़िसके




एलिना दियाली
१० असोज,पथरी
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ कमिटिले वडाका ६५वर्ष माथिका ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको छ ।
प्रदेश नम्बर एकका आन्तरिक,मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्कीको प्रमुख आतित्यथता तथा नेकपा केन्द्रिय कमिटी सदस्य महेश रेग्मिको विशिष्ट आतिथ्यतामा सम्मान गरिएको हो ।
बिहिबार वडा दशै तथा शुभदिपावलि र छठ पर्वको अवसर पारेर नेकपा वडा नम्बर ८ कमिटिको आयोजनामा ११५ जना ज्येष्ठ कम्युनिष्टहरुलार्ई सम्मान गरिएको हो।
फरक प्रसङगमा बोल्दै मन्त्रि कार्कीले सुकुम्बासी समस्यालाई सरकारले बुझेको तर तिन तहको सरकार भएका कारण काममा ढिलाई भएको बताउँदै जति सक्दो चाँडो समस्या समाधानमा सरकार कटिबद्ध भएर लागेको बताएका छन्।
साथै उनले पथरीमा विगतमा घटेका नकरात्मक घटनालाई मध्यनजर गरि नगरवासीलाई सुरक्षा प्रदान गर्नको लागि अस्थाई रुपमा डिएसपिलाई सुरक्षाको जिम्मा दिएको बताउँदै डिएसपिलाई स्थायि बनाउने प्रकृया भईरहेको बताएका छन् ।
काँग्रेस सहित विभिन्न पार्टि परित्याग गरि माकुम लिम्बु,हस्त बहादुर कार्की,रन्जिता गुप्ता,राम कुमार चेम्जोङ,मिङमा शेर्पा,दिनेश शाह,तेज बहादुर पौडेल,सर्मिला कार्की,भिष्म कुमारी लिम्बु,मिना गुरुङ,एकमाया मगर,मचिन्द्र पौडेल,बादल लिम्बु,थिरमाया कार्की,कल्पना पौडेल,हरि वि.क.नेकपा प्रवेश गरेका थिए ।
नेकपमा प्रवेश गरेका व्यक्तिहरुलाई प्रमुख अतिथि कार्की,नगर प्रमुख दिलिप कुमार राई,उपप्रमुख यमुना विष्ट वास्तोला,कानेपोखरी गाँउपालिका उपप्रमुख राजकुमारी ईङनाम,लगायतले स्वागत गरेका थिए ।
पार्टीको विकास र विस्तारमा मार्गदर्शन दिनुहुने ज्येष्ठ नागरिकलाई उहाँहरुको यागदानको कदर गर्दै सम्मान पत्रले सम्मान गरिएको नेकपा वडा नम्बर ८ कमिटिका अध्यक्ष नविनजङ कार्कीले बताएका छन् ।