खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरीमा बाइक र ट्याक्टर दुर्घटना १ को मृत्यु


 संवाददाता   September 27, 2019   530 जनाले पढ़िसके




राजकुमारी तामाङ
१० असोज,२०७६
मोरङको पथरीशनिश्चरे वडा नम्बर ३ सुन्दरी चौकमा आज बाइक र ट्याक्टर दुर्घटना हुदा १ को मृत्यु भएको छ । दक्षिण बाट उत्तर तर्फ जादै गरेको को २६ प ४४६४ नम्बरको बाइक र विपरित दिशाबाट आउदै गरेको को २ च २८३२ नम्बरको टयाक्टर एकआपसमा ठोकिदा बाइक चालक रतुवामाई नगरपालिका १० बस्ने वर्ष ३५ का विमल न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी राज अधिकारीले बताएका छन् ।
डिएसपी अधिकारीका अनुसार ट्याक्टर चालक पथरीशनिश्चरे २ बस्ने बर्ष ३३ का गजेन्द« कार्की डोलीलाई नियन्त्रणमा लिइएको छ ।