खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मासु र एग्रोभेट अनुगमन्


 संवाददाता   September 27, 2019   1135 जनाले पढ़िसके




 

पथरीशनिश्चरे, १० असोज

मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले आज पथरी बजार क्षेत्रमा मासु तथा एग्रोभेट पसल अनुगमन् गर्दै पसल व्यवस्थित रुपमा सञ्चालन गर्न सुझाव दिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा उपसचिव शालिग्राम काफ्ले, १ नम्वर वडाध्यक्ष बाबुराम एङदेन, पशुपंक्षी शाखाका हेमचन्द्र दहाल, पर्वत शाह, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत सहितको टोलीले १९ वटा पसलको अनुगमन् गरेको छ । जसमध्ये १३ वटा मासु पसल रहेका छन् । त्यसमा पनि ३ वटा पसलको त नामै नराखिएको पाइएको छ ।

जसमा, अधिकांश मासु पसल दर्ता नभएको, कतिपय मासु काट्नेस्थल अव्यवस्थित, मासु काट्ने व्यक्तिले सुरक्षा नअपनाएको, मासु खुला ठाउँमा राखेर समेत विक्री हुने गरेको पाइएको समिति संयोजक वास्तोलाले जनाउनु भयो । मुल्यसूची पनि धेरैजसोले नराखेको, धेरै प्रकारका मासु एकैठाउँ राखेर बेचिएको, केहीले होडिङ बोर्ड नराखेको, केहीमा होडिङ बोर्ड भएपनि दर्ता नम्वर र प्यान नम्वर नराखेको पाइएको छ ।

भेटेरीनरी पसलमा विषादी र औषधि एकैठाउँमा राखेर बेचेको, पसलमा मुल्यसूची सहितका व्यवस्थापनका कुरामा सुझाव दिइएको छ ।

अधिकांश पसलेलाई नगरपालिका कार्यालयमा आएर मासु तथा भेटेरीनरीको प्रावधानका बारेमा स्पष्ट बुझ्न र सो अनुरुप कार्यान्वयनमा ल्याउन सुझाव दिइएको छ ।