खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



विराटनगरमा आजदेखि कोसेली महोत्सव हुँदै, ९५ स्टल तयार


 संवाददाता   September 27, 2019   538 जनाले पढ़िसके




१० आश्विन २०७६, शुक्रबार
विराटनगरमा आजदेखि कोसेली महोत्वस शुरु हुँदैछ । उद्योग संगठन मोरङ, महिला उद्यम समिती र नेपाल युवा उद्यमी मञ्चले संयुक्त रुपमा कोसेल िमहोत्सव आयोजना गर्न लागेको हो ।
‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मुल नाराका साथ महोत्सव हुँदैछ । आजदेखि शुरु हुने महोत्सव १४ गतेसम्म बिराटनगरको जैन भवनमा हुनेछ । महोत्सवले घरेलु तथा कुटिर उद्योगहरुद्धारा उत्पादित वस्तुको व्यापार प्रबद्र्धन, महिलाद्धारा संचालित उद्योगबाट उत्पादित वस्तुको वजार पहुँच पुर्याउन सहयोग गर्ने जनाईएको छ ।
त्यस्तै नयाँ उत्पादन वारे जानकारी, उत्पादक र उपभोक्ता विच सम्वन्ध विस्तार, कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रको विकास, अग्र्या्निक वस्तुको उत्पादन र उपभोगमा जोड दिँदै महिला तथा युवाहरुमा उद्यमशिलता विकासमा सघाउ पुग्नेगरी मेलाको आयोजना गरिएको महिला उद्यम समितिले जनाएको छ ।
खानाको विभिन्न परिकार तथा सांस्कृतिक कार्यक्रम सहितको महोत्सवमा औद्योगिक उत्पादनहरु, हस्तकलाका सामाग्रिहरु, सिलाई कटाईका वस्त्रहरु, जुता चप्पल, ढाका तथा उनीका न्यानो कपडाहरु, श्रृगारका साधन, सूचना प्रविधि सहित घरायसी सामाग्रीहरु, विभिन्न किसिमका खानाका परिकारहरु रहने आयोजक समितिका सांयोजक तथा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष मनोज विक्रम शाहले बताए ।
महोत्सवमा सर्वसाधारण, उद्योगी÷व्यवसायी लगायत विद्यार्थी गरी करिब ३० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । कोसेली महोत्सवमा ९५ वटा स्टल रहने भएका छन् । महोत्सवमा करिब एक करोडको कारोवार हुने अपेक्षा राखिएको आयोजकले जनाएको छ।
आवर बिराटनगर