खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



श्रीजङगा किरात लिपी लिम्बु भाषा आनिपान पुस्तक पथरी शनिश्चरेको भागीरथ मा बि मा बितरण गरियो


 संवाददाता   September 26, 2019   336 जनाले पढ़िसके




पथरी,

बिहिबार, असोज ०९, २०७६

मोरङको पथरी शनिश्चरे वडा नम्बर ४ मा रहेको भागीरथ माद्यामिक बिधालयमा रीजङगा किरात लिपी लिम्बु भाषा आनिपान अध्यापनको निमित्त नगर प्रमुख दिलिप कुमार राइको हातबाट बितरण गरिएको थियो ।

स्थानिय वडा अध्यक्ष गोबिन्द भन्दारी साथै प्रधान अध्यापकहरुको उपस्तिथिमा सम्पन्न पुस्तक बितरण कार्यक्रममा कक्ष १ को बिद्यार्थीहरुलाई आनिपान पुस्तक बितरण गरिएको थियो । भाषा , लिपि र मौलिक पहिचानको बिकास एवम सम्बर्दन गर्ने उदेश्यले किरात याक्थुम चुम्लुङ नगर शाखा पथरी शनिश्चरेको पहलमा र नगरपालिकाको समन्वयमा सम्पन्न भएको नगर चुम्लुङ सचिब प्रेम लिम्बुले जानकारी गराउनु भयो ।

यो बिधालय भन्दा अगाडी पथरी शनिश्चरे वडा नम्बर ७ को श्री चन्द्र किरातेश्वर माद्यामिक बिधालयमा कक्ष् ५ सम्म अध्यापन हुने आएको छ भने आगामी शैक्षिक शत्रमा कक्षा ८ सम्म अध्यापनको लागि पहल चुम्लुङ्को योजन रहेको छ ।