खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



निजी मेडिकल कलेज आफैँ चलाउन सरकारसँग अनेरास्ववियूको आग्रह


 संवाददाता   September 26, 2019   391 जनाले पढ़िसके




असोज ९, २०७६
नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न आग्रह गरेको छ । बिहीबार अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै राज्यको नीति नियममा बसेर साँच्चिकै कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधान समेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजहरुको जिम्मा लिएर आफैं सञ्चालन गर्न वा राज्यको नीति नियम मान्ने अन्य निकायलाई सञ्चालन गर्ने जिम्मा दिन नेपाल सरकारलाई आहृवान गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ’अनेरास्ववियू स्थापनाकालदेखि नै विद्यार्थी हकहितको पक्षमा एवम् शिक्षा क्षेत्रमा ब्याप्त विकृति र विसङ्गतिका विरुद्धमा निरन्तर संघर्षरत रहेको विदितै छ।
यसै सन्दर्भमा निजी मेडिकल कलेज संचालकहरुले मनपरि ढंगले तोकिएको भन्दा वढि शुल्क लिन नपाउने भएपछि विद्यार्थीको भर्ना नगर्ने र कलेजको सांचो सरकारलाई वुझाउने भन्दै जारी गरेको विज्ञप्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ मा सबै मेडिकल कलेजहरुलाई दस वर्ष भित्र गैरनाफामुलक र सेवामूलक बनाउने प्रावधान राखिएकाले यसअघि सरकारले तोकेको शुल्क समेत घटाउँदै लानुपर्नेमा उल्टो मनपरि ढंगले शूल्क बढाउने र सरकारलगायतका नियमनकारी निकायको निर्देशन अवज्ञा गर्ने विषय आपत्तिजनक छ ।
विगतमा अनेरास्ववियुकै आन्दोलनको जगमा नेपाल सरकारले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस तहमा उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार भन्दा वढि शुल्क लिन नपाउने मापदण्ड तय गरेको भन्दै उक्त मापदण्डको अवज्ञा गर्दै मनपरी शुल्क लिने क्रम नरोकिएपछि अनेरास्ववियू , महाराजगन्ज चिकित्सा क्याम्पस स्ववियु र चिकित्सा शिक्षा सङघर्ष समितिको अगुवाइमा गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन गरेको पनि विज्ञप्तीमा उल्लेख छ ।