खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



ओखलढुंगाका स्थानीय तहले खर्च विवरण नबुझाउँदा समस्या


 संवाददाता   September 26, 2019   278 जनाले पढ़िसके




९ आश्विन २०७६,
ओखलढुंगाका स्थानीय तहले खर्च विवरण नबुझाएपछि चालु तथा पुँजीगत खर्चको अख्तियारी फुकुवा हुन सकेको छैन । अनलाइन मार्फत उपलब्ध गराउनु पर्ने विवरण नपठाएपछि निकासा रोकिएको हो ।
ओखलढुंगाका ८ स्थानीय तहमध्ये सोमबारसम्म मोलुङ र चिसंखुगढी गाउँपालिकाको मात्र विवरण अनलाइनमा उपलब्ध छ । यी दुई स्थानीय तहको पहिलो चौमासिकको बजेटको निकासा पनि सोमबारै भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
रकम निकासा लिएर पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता वितरण तथा अन्य प्रथामिकतामा रहेका केही काम चाडबाडकै विचमा समेत गर्ने तयारी गरिएको चिसंखुगढीका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए । अन्य ६ स्थानीय तहको विवरण भने अझै कोष तथा लेखा नियन्त्रण कार्यालयमा पूर्ण रुपमा बुझाइएको छैन ।
सिद्धिचरण नगरपालिका, खिजीदेम्वा गाउँपालिका, मानेभञ्ज्यांग, सुनकोसी, लिखु र चम्पादेवीले विवरण बुझाएका छैनन् । पहिलो चौमासिकको दुई महिना बितेपनि खर्च विवरण पेश नहुँदा निकासा रोकिएको हो ।