खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने


 संवाददाता   September 26, 2019   241 जनाले पढ़िसके




आश्विन ९, २०७६
प्रदेश नं १ ले धरानमा तीन दिने अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ ।
प्रदेश सरकार र चलचित्र विकास बोर्डको आयोजनामा धरानमा महोत्सव हुन लागेको हो । महोत्सव कात्तिक २२, २३ र २४ गते हुनेछ । चलचित्र महोत्सवमा देश र विदेशका २५ प्रर्दशन हुनेछ । महोत्सवको सह–आयोजक धरान उपमहानगरपालिका रहने विराटनगरमा पत्रकार सम्मेलन गरेर गरेर जानकारी दिइएको छ । महोत्सवलाई स्विस विकास नियोगको पनि सहयोग हुनेछ ।
चलचित्र महोत्सव मूल आयोजक समितिका अध्यक्ष प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की छन् । महोत्वसका लागि विभिन्न समितिहरु गठन भएको छ ।
धरान सभागृहमा हुने महोत्सव निःशुल्क हुनेछ । महोत्सवको तयारीको लागि मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा निर्देशक समिति बनेको छ । चलचित्र छनौट उपसमिति, प्रचारप्रसार उपसमिति, महोत्सव स्थलको व्यवस्थापन उपसमिति, सम्मान उपसमिति, निमन्त्रणा तथा स्वागत व्यवस्थापन उपसमितिलगायतको काम भइसकेको छ ।
प्रदेश सरकारले यो आर्थिक बर्षमा धरानलाई चलचित्र नगरी बनाउने भन्दै बजेट विनियोजन गरेको थियो । सोही वमोजिम चलचित्र महोत्सव गरिन लागेको हो । यसले कला संस्कृतिको जगेर्ना गर्ने मन्त्री कार्कीले बताए ।
’महोत्सवले प्रदेशको चलचित्र नगरी बनाउन र छायांकन स्थलको निर्माणको ठाउँ झल्काउनेछ, प्रदेशको जातजातिको विविधता झल्काउने काम पनि महोत्सवले गर्नेछ,’मन्त्री कार्कीले भने ।
चत्रचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले महोत्सवले प्रदेश १ को सँस्कार, सँस्कृतिलाई नेपाली चलचित्रमा समेटिएको र आगामी दिनमा समेटिने बिषयबारे छलफल गर्ने बताए । महोत्सवको अवधिभर प्रदेशका कुनै पनि फिल्म हलमा नेपाली चलचित्र मात्र प्रर्दशन गर्नेबारे छलफल भइरहेको पनि उनले बताए ।