खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रदेश १ सभाको बजेट अधिवेशन अन्त्य


 संवाददाता   September 26, 2019   257 जनाले पढ़िसके




आश्विन ९, २०७६
प्रदेश १ को चौंथो तथा बजेट अधिवेशन बुधबार अन्त्य भएको छ । जेठ १३ गतेबाट सुरु भएको अधिवेशनमा १४ वटा विधेयक पारित भएको हो । यो अधिवेशनले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६, सार्वजनिक, निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको छ ।
लोकसेवा विधेयकले कर्मचारी अभावमा प्रभावकारी रुपमा कामकाज अघि बढाउन नसकेका प्रदेश सरकारलाई कर्मचारी भर्नाको बाटो खुलेको छ । यस्तै, सार्वजनिक, निजी साझेदारी विधेयकले प्रदेशको विकासका लागि लगानी जुटाउने वातावरण बनाउन बाटो खुलेको हो । यसकै आधारमा प्रदेश लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ ।
२०७४ माघदेखि सुरु भएको प्रदेशसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति र सहकार्यको आधारमा कानून निर्माण गर्दै आएका थिए । तर, यो अधिवेशनको अन्त्यतिरबाट सहमति र सहकार्यमा पूर्ण्विराम लागेको छ । लोकसेवा आयेग विधेयक र सामाजिक विकास मन्त्रालयले ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सतापक्षले बहुमतले पारित गरे ।
लोकसेवा आयोग विधेयकमा संघीय समाजवादीले आयोगको सदस्य संख्या थप गर्ने अडान लिदा विधेयक बहुमतले पारित गरेको थियो । यस्तै, प्राविधिक विश्वविद्यालय सम्म्बन्धी विधेयकमा प्रमुख प्रतिपक्षी कांग्रेसले विधेयकलाई अझै परिपक्व बनाएर पारित गर्नुपर्ने अडान लिएपछि बहुमतले पारित भयो । प्राविधिक विश्वविद्यालय विधेयकमा प्रमुख प्रतिपक्षी कांग्रेसले संसदमा अवरोध, वेल घेराउका साथै संसदमा नाराबाजीसम्मको अवस्था सृजना भयो ।
उक्त अधिवेशनमा ६२ घण्टा ८ मिनेटमा ५३ वटा बैठक बसेर १४ वटा विधेयकमध्ये ८ वटा सम्बन्धित विषयगत समितिमा दफाबार छलफल गरेर पारित गरेको छ । पारित भएका विधेयकमध्ये यस अधिवेशनमा १० वटा दर्ता भएको थियो भने तेस्रो अधिवेशनमा ४ वटा दर्ता भएको थियो । हालसम्ममा प्रदेशसभाले ५ वटा विधेयकमा संशोधन गरेको छ, भने ३८ वटा विधेयक पारित गरेको हो ।
सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभामा हालसम्म पेस भएका सबै विधेयक पारित भएर बजेट अधिबेशन अन्त्य भएको बताउनुभयो ।