खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरीमा कभर गितका राजा गायक छेवाङ लामा भोली आउदै


 संवाददाता   September 26, 2019   537 जनाले पढ़िसके




राजकुमारी तामाङ
असोज ०९, २०७६
युवापुस्ताका ढुकढकी हरमनका रोजाइका गायक छेवाङ लामा भोली शुक्रबार पथरीमा आउदैछन् । पथरीमा रहेको सिक्का बार एण्ड लन्चको आयोजना तथा टुबोर्गको सहयोगमा भइरहेको साँगितीक साँझलाई रमाइलो बनाउन उनि पथरी आउन लागेका हुन् ।
इसाराले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन भन्ने बोलको कभर गितबाट उदाएका उनले दर्जनौ कभर र आफ्नै गित गाइसकेका छन् । अहिले उनको लाहुरे गित युटुभमा निकै रुचाइएको छ । उनी अहिले प्रादेशिक साँगितीक यात्राको क्रममा रहेका छन् । यो क्रममा पथरीमा शुक्रबार कार्यक्रम सकेर शनिबार भने इटहरीको जनता मा बि मा गायिका मेलिना राइृको साथमा खरो प्रस्तुती दिदैछन् ।