खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कृषि विकास बैंकबाट डेढ करोड रुपैयाँ चोरी, अहिलेसम्म १० जना पक्राउ


 संवाददाता   September 25, 2019   269 जनाले पढ़िसके




८ आश्विन २०७६, बुधबार
कृषि विकास बैंकबाट डेढ करोड रुपैयाँ चोरी भएको छ । सिराहाको लहान शाखाबाट काठमाडौं ट्रान्सफर गरेर रकम निकालेको पाइएको प्रहरीले जनाएको छ ।
एकजना उच्च प्रहरीले दिएको जानकारी अनुसार ह्याकरले कृषि विकास बैंकमा खाता हुने व्यक्तिको खोजी गरी खाता हुने व्यक्तिलाई १० प्रतिशत कमिशन दिने भन्दै लोभ्याएको थियो । त्यो खातामा ह्याकरले सिस्टम ह्याक गरेर रकम ट्रान्सफर गरिदिने गरेका थिए । खातावालाले त्यो रकम काठमाडौंबाट निकाल्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । १० प्रतिशत कमिशन कटाएर उनीहरुलाई बाँकी रकम फिर्ता गरिदिने गरेको खुलेको छ ।
प्रहरीले भारतीयले नेपाली युवालाई प्रयोग गरेको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिलेसम्म १० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ३१ लाख रकम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।