खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गैरे


 संवाददाता   September 25, 2019   231 जनाले पढ़िसके




असोज ८, २०७६
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा लोकतान्त्रिक समूहका विष्णुप्रसाद गैरे विजयी भएका छन्। दुई वर्षे कार्यकालका लागि मंगलबार भएको संघको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्यानलले नै जीत हासिल गरेको हो।
अध्यक्षमा गैरेले ३ सय ३० मत ल्याई प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतले पराजित गरेका हुन्। संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका साथ कमल तामाङ विजयी भएका छन्।
त्यस्तै, लिंक प्रालिका सञ्चालक कमल देव मल्ल द्धितीय उपाध्यक्षमा ३ सय २२ मत, किशोर कुमार केसी तृतिय उपाध्यक्षमा ३ सय ६० मतसहित विजयी भए। महासचिवमा सुजित श्रेष्ठले ३ सय ८८ मत ल्याई प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पराजित गरे। सचिवमा मेघनाथ भुर्तेलले ३ सय ३३ र कोषाध्यक्षमा इन्दिरा गुरुङले ३ सय ६७ मत ल्याई विजयी भए।
संघको सदस्यमा कर्णराज कटुवाल, दिनेश कुमार राय, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने, छविलाल भटराई, छविलाल भट्टराई र लक्ष्मण पौडेल निर्वा्चित भए।