खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



विपदबाट १० वर्षमा ११ सयको मृत्यु


 संवाददाता   September 25, 2019   335 जनाले पढ़िसके




आश्विन ८, २०७६
प्रदेश ५ मा विपदबाट हुने क्षति वर्षे्नि बढ्दै गएको छ । विपद विरुद्ध पूर्व तयारी र दीर्घकालिन विपद् व्यवस्थापन योजना नहुँदा क्षति बढ्दै गएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा प्रकोपबाट एक हजार एक सय जनाले ज्यान गुमाएका छन् । विपद्मा परी ११ हजार जना घाइते भएका छन् ।
सन् २०११ देखि २०१९ सम्म त्यहाँका १२ जिल्लामा भएका घटनाहरु अभिलेखीकरण गरी मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको हो । यसअवधिमा विपदबाट एक लाख ८० हजार परिवार प्रभावित भएका छन् । एक लाख ४० हजार घरहरु क्षतिग्रस्त भएका छन् ।
विपद्बाट २१ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । आर्थिक क्षतिमा बाढी पहिलो, आगलागी दोस्रो र पहिरो तस्रोमा छन् । यसअवधिमा प्रदेशमा ११ हजार वटा विपद आएको तथ्यांक छ । १० वर्षअघि दुई सय वटा विपद् आएकोमा यसवर्ष बढेर २ हजार पुगेको छ ।
आन्तरीक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले जनयुद्धबाट भन्दा धेरै प्राकृतिक विपद्बाट जनधनको क्षति भएको बताउनुभयो । ‘विपद्को जोखिममा गरीब, विपन्न, दलित, अल्पसंख्यक धेरै प्रभावीत रहेछन्,’ उहाँले भन्नुभयो, ‘उनीहरुको सुरक्षाका लागि छुट्टै नीति आवश्यक छ ।’
मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले विकाससँगै विपद्को जोखिम र संख्या बढ्दै गएको बताउनुभयो । विकासले निम्त्याउने प्राकृतिक विपद् कम गर्न विकासमा विपद्को मूल प्रवाहिकरण नीति तर्जुमा थालेको उहाँको भनाइ छ ।