खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



यस पटकको बजार विगतको चाडपर्वभन्दा व्यवस्थित हुने


 संवाददाता   September 25, 2019   206 जनाले पढ़िसके




८ आश्विन २०७६,
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले यसपटकको बजार विगतको चाडपर्वभन्दा व्यवस्थित हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बजारलाई व्यवस्थित गर्न आवश्यक पहल थालिसकिएको बताउनुभयो । उहाँले चाडपर्वमा हुने कालोबजारी र मिसावट नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिएको उल्लेख गर्नुभयो ।
मन्त्रालय एक्लैले अनुगमन गर्न नसक्ने भएकाले प्रदेशका मन्त्री तथा पालिका प्रमुखहरुलाई मन्त्रालयमै बोलाएर बजारलाई व्यवस्थित गर्न आग्रह गरिसकिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय आफूले काम गर्ने स्टाइलमा परिवर्तन गरेको बताउनुभयो । मन्त्री यादवले यसअघि आफूले माओवादी स्टाईलमा काम गर्दै आए पनि पछिल्लो समय नेकपा स्टाइलले काम गरिरहेको बताउनुभयो ।
मन्त्री यादवले आफूले मन्त्री पद छाडेर जाने हल्ला मात्र चलेको बताउनुहुँदै पार्टी वा प्रधानमन्त्रीले नहटाएसम्म पद नछाड्ने जानकारी दिनुभयो । पाएको पद हठात छाड्दा जनतामा आफूप्रति अविश्वास बढेका कारण आफ्नै चित्त नबुझे पनि आफूले काम गरिरहने बताउनुभयो ।