खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



उर्लाबारीका मेयरको डरले अधिकृत विस्थापित


 संवाददाता   September 25, 2019   310 जनाले पढ़िसके




बुधबार ०८, असोज २०७६
मोङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आफूलाई हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले बताएका छन् ।
मंगलबार करारमा कार्यरत कर्मचारीको म्याद एक वर्ष थप्न नमानेपछि फागोले आफूमाथि हातपात गरेको रेग्मीले बताएका हुन् । मेयरले कुटपिट गर्न मान्छे लगाएपछि आफू प्रहरी स्कर्टिङमा विराटनगर पुगेको रेग्मीले बताए ।
उर्लाबारी नगरपालिकामा जनप्रतिनिधि आएपछि ५१ जना कर्मचारीलाई करारमा नियुक्त गरेको थियो । करार नियुक्ति पाएकाहरुको म्याद एक वर्ष थप्न फागोले रेग्मीलाई दबाव दिएका थिए । तर आफूले ६ महिना भन्दा बढी म्याद थप गर्न नमिल्ने बताएपछि फागोले आफ्नै कार्यकक्षमा हातपात गरेका प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताए ।
गत साउन २ गते हाजिर भएका रेग्मीको निवासमा दुईसाता अघि फागोले तालाबन्दी गरेका थिए । ताला लगाएपछि भदौ २८ गते जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा फागोले काम गर्ने बातावरण सिर्जना गर्ने बताएपछि उनी फर्किएका थिए । तर मेयरबाट असुरक्षा बढेपछि आफ्ना सबै सामान लिएर फर्किएको रेग्मीले बताए ।
यता उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फगोले भने आफूले हातपात नगरेको बताएका छन् । कर्मचारीको म्याद थप गर्ने विषयमा सामान्य विवाद भएको बताउँदै उनले हातपात नगरेको दाबी गरे ।