खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भेडेटार ‘भ्यू टावर’को पुनःनिर्माण सम्पन्न


 संवाददाता   September 24, 2019   300 जनाले पढ़िसके




मङ्गलबार ०७, असोज २०७६
२०७२ सालको भूकम्पले जीर्ण बनाएको धनकुटाको भेडेटारस्थित ‘भ्यू टावर’को पुनःनिर्माण सम्पन्न भएको छ । पर्यटकको मुख्य आकर्षणका रुपमा रहेको भेडेटारको तीन तले भ्यू टावर ४२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
तत्कालीन जिल्ला विकास समिति, गाविस, पर्यटन विकास कार्यालय काँकडभिट्टाको संयुक्त लगानीमा २०७३ सालमै यसको निर्माण सुरु भएको थियो । तर, सहयोगको अभावमा भ्यू टावर निर्माणको काम बीचैमा अलपत्र बनेको थियो ।
स्थानीय तह गठन भएपछि भने स्थानीय सागुरीगढी गाउँपालिकाको पहलमा पुनःनिर्माण कार्य अघि बढेको थियो ।
२०५९ सालमा निर्माण गरिएको भ्यू टावर २०७२ सालको भूकम्पले जीर्ण बनाएपछि स्थानीय प्रशासनले भत्काएको थियो