खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



विप्लवका नेता तथा पूर्व राज्यमन्त्री विश्वकर्मा पक्राउ


 संवाददाता   September 24, 2019   252 जनाले पढ़िसके




 

असोज ७, २०७६

सरकाद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।  पूर्व राज्यमन्त्रीसमेत रहेका विश्वकर्मा नक्खु बम विस्फोटमा पनि सम्लग्न रहेको जनाइएको छ।

विश्वकर्मा देव गुरुङ स्थानीय विकासमन्त्री हुँदा राज्यमन्त्री रहिसकेका व्यक्ति हुन्।  यसअघि उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेपछि विश्वकर्मालाई इन्चार्ज बनाइएको थियो।