खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



अशोक शंखर कफी विथ जे सि आइ पथरीसगै धनगढी पुगे


 संवाददाता   September 23, 2019   448 जनाले पढ़िसके




 

२०७६ भाद्र ६

पथरी । नेपाल जेसिज क्षेत्र घ सम्मेलनमा अशोक शंखरले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षको उमेद्ववारी प्रबर्दन गरेका छन । अत्तेरिया जेसिजको आयोजनामा धनगढीमा सम्पन्न दुई दिने सम्मेलनमा नेपाल जेसिज क्षेत्र घ अन्तरगतका सम्पूर्ण जेसिज शाखाहरुको उपस्तिथी रहेको थियो।

पथरी जेसिज शाखा अध्यक्ष मान बहादुर दियाली लगायत बोर्ड मेम्बरको साथमा कफी विथ जे सि अाइ पथरीको स्टल सहित सम्मेलनको अन्तिम दिन उमेद्द्वारी प्रबर्दन गरेका थिए भने उनी सँगै अन्य दुई जना प्रतिस्पर्धीहरु काभ्रे जेसिजबाट बिकास मानन्धर र बिसहजार जेसिजका अरुणेश्वर खनालले पनि आफ्नो उमेद्ववारी प्रबर्दन गरेका छन । नेपाल जेसिज बर्ष २०१४ मा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष र २०१८ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष निर्बाचित भएर आफ्नो कार्यकाल पुरा गरिसकेका शंखरले आगामी चितवनमा सम्पन्न हुने राष्ट्रिय महाधिबेशनमा अध्यक्षको उमेद्ववारी दिने निश्चित भए सँगै अघीबाट नै क्षेत्र क , क्षेत्र खमा पनि आफ्नो प्रबर्दन गर्दै आएका छन । देशभरको जेसिज शाखाहरुले अत्यन्तै महत्वको साथ लिने निर्वाचन आउन करिब दुई महिना बाँकी रहदा निर्वाचन गतिबिधी चहलपहल सुरु भइसकेको छ ।