खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रहरीको मुख्यालयमा अख्तियारको छापा


 संवाददाता   September 23, 2019   373 जनाले पढ़िसके




सोमबार ०६, असोज २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा छापा मारेको छ लत्ताकपडा, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियारले त्यहाँबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियारको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासनिक विभाग अन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो ।
प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदा अटेर गरिएकाले आफैँ गएर नियन्त्रणमा लिइएको अख्तियार उच्च स्रोतले जनाएको छ ।
भीभीआईपी, भीआईपीका लागि ३० वटा एस्कर्टिङ मोटरसाइकल खरिद, बुट, सर्ट, पाइन्ट, पिकअप भ्यान, मेसिन, औजार लगायतका समान खरिदमा अनियमिता भएको अख्तियारको आशंका छ ।