खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चिनियाँ राष्ट्रपति असोज अन्तिम साता नेपाल आउने


 संवाददाता   September 23, 2019   250 जनाले पढ़िसके




०६, असोज २०७६
चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् ।
नेपाल र चीनबीच कूटनीति च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने भएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउने छन् । उनी एक रात काठमाडौँ बसेर बैइजिङ फर्किने कार्यतालिका तय भएको छ ।
तर, दुबै पक्षले अहिलेसम्म मिति भने खुलाएका छैनन् । सीको भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेल निर्माणसम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरिसकेको छ ।