खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



स्पोर्टस अवार्डमा मनोनयन भएका खेलाडीको नाम सार्वजनिक


 संवाददाता   September 23, 2019   348 जनाले पढ़िसके




आश्विन ६, २०७६
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले झापा स्पोर्टस् अवार्ड’ तेस्रो संस्करणको मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ ।
मञ्चले ‘झापा स्पोर्टस् अवार्ड २०७५’ का लागि विभिन्न चार विधामा प्रत्येक विधाबाट तीन तीनजना प्रतिभा शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
जसअनुसार ‘झापा स्पोर्टस् अवार्ड २०७५’ को मनोनयनमा पर्न सफल प्रतिभाहरु वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा उमेश राई (शारीरिक सुगठन), राम दाहाल (शारीरिक सुगठन), नवयुग श्रेष्ठ (फुटबल) छन् । त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (महिला) मा एस्तर राई (कराते), अन्जिला तुम्बापो सुब्बा (फुटबल), बिनिता बुढाथोकी (भलिबल) छन् । वर्ष उत्कृष्ट खेलाडी (युवा) विधामा छिरिङ गुरुङ (फुटबल), अप्सरी बेगम (क्रिकेट), अमिता गिरी (ब्याडमिन्टन) मनोनयनमा परेका छन् । त्यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षकमा हरि खड्का (फुटबल), डम्बर लिम्बू (बक्सिङ), योगेश चम्लिङ (कराते) परेको ‘झापा स्पोर्टस् अवार्ड २०७५’ तथा प्रतिभा छनोट समितिका संयोजक बुद्ध तामाङले जानकारी दिए ।
वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए । अध्यक्ष खरेलका अनुसार पिपुल्स च्वाइस र लाइफ टाइम अचिभमेन्ट अवार्डका विजेता कार्यक्रम हुने दिन सिधै घोषणा गरिनेछ । उनीहरुले क्रमशः नगद २५ हजार र ३५ हजार रुपैयाँ पाउनेछन् ।
‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण असोज १३ गते सोमबारका दिन बिर्तामोडको आदर्श ब्यांक्वेटमा हुनेछ । अवार्डलाई स्थापनाकालदेखि नै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा एक लाख रुपैयाँ प्रदान गर्दै आएका छन् ।
त्यस्तै, सहारा नेपाल साकोसले नगद दुई लाख रुपैयाँ प्रदान गरेको थियो । अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइनेछ ।