खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



बुढासुब्बा गोल्डकप मंसिरमा


 संवाददाता   September 22, 2019   413 जनाले पढ़िसके




आइतबार, ०५ असोज, २०७६
पूर्वको प्रतिष्ठित धरानमा हुने बुढासुब्बा गोल्डकपको २२ औँ संस्करण मंसिरमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले जारी गरेको नियम अनुसार बुढासुब्बा गोल्डकप मंसिरको तेश्रो साताबाट शुरु हुने भएको हो ।
एन्फाको सेड्युल अनुसार आयोजक धरान फुटबल क्लबको बैठकले मंसिर १९ गतेदेखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ । धरान रंगाशालमा हुने प्रतियोगिताकोलागि विभिन्न उपसमिति गठन गरिसकिएको क्लबका महासचिव प्रताप तामाङले बताए । २२ औँ संस्करणमा पुरस्कारको राशी पनि बढाइने छ ।
प्रतियोगिता तयारीकोलागि आइतबारबाट सचिवालयले काम शुरु गर्ने आयोजकले जनाएको छ ।