खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



एक ब्यक्ती बराबर १८ हजार ५ सय रुपैयाँका मात्रै नयाँ नोट पाउने


 संवाददाता   September 20, 2019   265 जनाले पढ़िसके




शुक्रबार ०३, असोज २०७६
एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै नयाँ नोट पाउने भएका छन् । असोज १० गतेदेखि १७ गतेसम्म नयाँ तथा सुकिला नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुरबाट नोट साट्न सकिने जनाएको छ । काठमाण्डौमा भने राष्ट्र बैंकका साथै सबै सरकारी बैंकका शाखाबाट नयाँ नोट लिन सकिनेछ ।
साथै निजी क्षेत्रका विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाले पनि नयाँ नोट उपलब्ध गराउनेछन् ।