खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कटहरी–विराटनगर रेल्वे गुणस्तरहिन भएको भन्दै मोरङका सिडिओलाई ध्यानाकर्षण


 संवाददाता   September 20, 2019   276 जनाले पढ़िसके




३ आश्विन २०७६, शुक्रबार
एकिकृत भन्सार जाँच चौकी पुनः निर्माणको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको छ । बिराटनगर महानगरपालिका वडा नम्बर १८ बुधनगरमा बनेको रेल्वे तथा एकिकृत भन्सार जाँच चौकीको काम गुणस्तरहिन भएको भन्दै पुनः निर्माणको माग गर्दै निर्माण कम्पनीलाई निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको हो ।
बथनाहा कटहरी रेल खण्डमा नेपाल भारत सरकारको सम्झौता अनुसार निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी ईरकोन ईन्टरनेशनल लिएको छ। तर नेपाल र भारत पक्षका स्थानीय सहित आएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै काम गुणस्तरहिन भएको बताएको हुन् ।
उक्त कम्पनीले निर्माण गरेको भौतिक संरचना अति नै निम्न स्तरको सामग्री प्रयोग गरेर बनाईएकोले कष्टम यार्ड एक बर्ष नपुग्दै भत्किएको बारेमा सामाचार विभिन्न पत्रपत्रिकामा आएपनी स्थानीय सरकारले चासो नदेखाए पछि ज्ञापनपत्र बुझाईएको जोगवनीका स्थानीय राजेशकुमार शर्माले जानकारी दिए ।
सार्वजनिक हित तथा महत्वको बिषयवस्तु भएको हुनाले भबिश्यमा त्यसको संरचनाबाट कुनै किसिमको भौतिक तथा मानवीय क्षति हुननदिन स्थलगत निरिक्षण गरि उक्त निर्माण कम्पनीलाई पुनः निर्माण गर्न निर्देशन दिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । निर्माणमा लाखौंको हिनामिना भएको हुनसक्ने आशंका गरिएको छ ।