खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिमा ज्ञानेन्द्र


 संवाददाता   September 20, 2019   400 जनाले पढ़िसके




मोरङको पथरीशनिश्चरे वडा नं १० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिमा ज्ञानेन्द्रप्रसाद ढुंगानाको अध्यक्षतामा नव कार्यसमिति चयन भएको छ ।

बुधवार संस्थाकै भवनमा भएको साधारणसभाबाट ढुँगाना सहित उपाध्यक्षमा भुवन थापा, सचिवमा उमेश कोइराला, सह–सचिव लक्ष्मी गुरागाई र कोषाध्यक्षमा हरि निरौला सहितको कार्यसमिति चयन भएको हो । त्यस्तै सदस्यहरुमा दिपक काफ्ले, याम मगर, रिन्टु श्रेष्ठ, राधा सापकोटा चयन भएका छन् । जिल्लाकै पुरानो मानिने यो संस्थाको ब्यानरमा नेपाल टेलिभिजनबाट प्रशारण हँुदै आएको ‘दोबाटे’ टेलिश्रृङ्खला पुर्वमा मात्र नभएर अहिले देशभरिका दर्शकहरुमाझ प्रिय बनेको छ । टेलीश्रृङखलालाई चिनाउन सफल भएपनि नेतृत्वबिहिन भएका कारण केहि वर्षदेखि निस्कृय रहेको यो संस्थामा जिरिखिम्तिका समाजसेवि तथा संस्थाका जन्मदाताका रुपमा चिनिने भरत पोख्रेल र अर्जुनप्रसाद पोख्रेलको अगुवाइमा स्थानिय युवाहरुले संस्था बचाउन लागि पर्ने बताउँदै नव कार्यसमिति गठन गरेका हुन् । संस्थामा समाजमा केही गर्न चाहने स्थानिय युवाहरुको नेतृत्व आएपछि स्थानिय समेत खुसि छन् ।
विगतमा संस्थाका लागि अहोरात्र खट्ने सवैलाई धन्यवाद दिँदै संस्थालाई थप उचाइमा पु¥याउन जुनसुकै कसरत गर्न पनि तयार रहेको नवनिर्वा्चित अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुँगानाले बताए । अध्यक्षमा चयन भएलगत्तै उनले अव संस्थामा रहेका चुनौतीहरुलाई चिर्दै सवैको सहकार्यका साथ संस्थाको हितमा काम गर्ने समेत बताए । कार्यक्रम वडा सदस्य अनोज घिमिरे आतिथ्यता र लक्ष्मण गुरागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।