खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



संविधान दिवस, प्रदेश सरकार र सभामुखको शुभकामना सन्देश जारी


 संवाददाता   September 20, 2019   236 जनाले पढ़िसके




३ आश्विन २०७६, शुक्रबार
चौथो संबिधान दिवसको अवसरमा प्रदेश सरकारका प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुखले प्रदेशवासीमा शुभकामना सन्देश दिएका छन् । आफ्नो संविधान आफुद्धारा निर्वा्चित जनप्रतिनिधिबाट निर्माण गर्ने करिव सात दशक लामो जनआकांक्षा २०७२ साल आश्विन ३ गते पुरा भएको स्मरण गर्दै संबिधान दिवसको शुभकामना दिएका हुन् ।
संविधान दिवसको अवसरमा संघिय लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने आम नेपाली जनचाहनालाई मूर्तरुप दिन राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका निमित्त विभिन्न कालखण्डमा हुँदै आएका आन्दोलन, संघर्षहरुमा त्याग र वलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरूलाई शुुभकामना सन्देशमा स्मरण गर्दै सम्मान प्रकट गरिएको छ ।
प्रदेश प्रमुख प्रा.डा. गोबिन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई तथा सभामुख प्रदीपकुमार भण्डारीले छुट्टै सन्देश जारी गर्दै ऐतिहासिक उपलब्धिका रुपमा प्राप्त संविधानको पूर्ण कार्यान्वयनमार्फत संघिय लोकतन्त्रिक गणतन्त्रको संरक्षण तथा जगेर्ना, राष्ट्रिय हित, एकता र सामाजिक आर्थिक विकासलाई गति दिदै समृद्ध राष्ट्र निर्माण गर्ने महत्वपूर्ण अभिभारालाई पुरा गर्न संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिकहरुलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित क्रियाशील हुने प्रेरणा प्राप्त होस भनिएको छ ।