खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



फिफाको नयाँ वरीयतास् नेपाल पाँच स्थान माथि उक्लियो, भारत एक स्थान तल र्झयो


 संवाददाता   September 19, 2019   339 जनाले पढ़िसके




असोज २, २०७६ बिहिबार
विश्व फुटबल महासंघ फिफाको नयाँ वरीयतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ ।
फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६६ स्थानबाट एक सय ६१ औंँ स्थानमा पुगेको हो । विश्व वरीयतामा दक्षिण एसियाली देशमा भारत सबैभन्दा अगाडि रहेको छ । एक स्थान तल झरेको भारत एक सय चार औँ स्थानमा छ ।
यस्तै माल्दिभ्स एक स्थान तल झर्दै एक सय ५३ स्थानमा पुगेको छ भुटानले पनि एक स्थान सुधार गर्दै एक सय ८५ औंँ स्थानमा उक्लिएकोको छ । श्रीलंका दुई स्थान तल झर्दै दुई सय दुईमा पुगेको छ । यस्तै पाकिस्तानले एक स्थान सुधार गर्दै दुई सय तीन औँ स्थानमा उक्लिएको छ ।
पछिल्लो पटक फिफा विश्वकपको दोस्रो चरणमा नेपालले दुई खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा हारेको थियो भने एक खेल जितेको थियो ।