खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



प्रतिनिधिसभाबाट तीनवटा विधेयक स्वीकृत


 संवाददाता   September 19, 2019   188 जनाले पढ़िसके




असोज २, २०७६
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त ३ वटा विधेयकलाई स्वीकृत गरेको छ । बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २०७५ , राहदानी विधेयक २०७५ र भूमि सम्बन्धी (आठौ संशोधन ) विधेयक २०७५ लाई राष्ट्रियसभाबाट भएको संशोधन सहित स्वीकृत गरेको हो।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २०७५ र राहदानी विधेयक २०७५लाई बैठकले सर्वसम्मति स्वीकृत गरेको थियो। भूमिसम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ लाई बहुमतले स्वीकृत गरेको थियो। भूमि विधेयकमा गरिएको व्यवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहमति जनाउँदै आएको छ ।
भूमिसम्बन्धी (आठौ संशोधन ) विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधन माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद र राजपाका सांसदहरुले सुकम्बासीको नाममा राज्यको जग्गा बाड्ने ढंगले नीति बनाइएको भन्दै विरोध गरेका थिए ।
उनीहरुले भूमि नीति बनाउन खोजेको कि सर्वसाधरणलाई भूमिविहीन बनाउन खोजेको भनी मन्त्रीलाई प्रश्न गरे ।