खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भोजपुरमा पहिरो स् ३ घर भत्किए, पशुचौपाय पुरिए, ग्रामीण सडक अवरुद्ध


 संवाददाता   September 19, 2019   370 जनाले पढ़िसके




०२ असोज २०७६
अविरल वर्षाले जिल्लाका ग्रामिण भेगमा भौतिक संरचनामा क्षति र्पुयाएको छ। वर्षाले आमचोक गाउँपालिका ४ बालंखामा स्थानीय तिलकबहादुर कार्कीको दुई तले घर, रामप्रसाद राई गाउँपालिका १ ओख्रेमा स्थानीय धन बहादुर राईको एकतले घर र अरुण गाउँपालिका ५ याकुमा स्थानीय रमेश ढकालको घर भत्काएको छ ।
मानवीय क्षति नभएपनि वर्षातले भौतिक संरचना भत्किँदा नगद, जिन्सी तथा पशुचौपायामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए । वर्षातले बुधबार राति बालंखाका तिलकबहादुरको एउटा खसीसहित एक लाख तीन हजार बराबरको भौतिक क्षति, ओख्रेका धनबहादुरको घरगोठ र गोठ भत्किँदा याकुका रमेश ढकालका तीनवटा बाख्रासहित ७६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
पहिरोको जोखिम बढेको भन्दै सर्वसाधरणलाई सर्तक भएर आवतजावत गर्न प्रजिअ नुरहरि खतिवडाले आग्रह गरका छन्। भारी वर्षातका कारण जिल्लाका अधिकांश भित्री कच्ची सडकमा यातायातका साधन चल्न सकेका छैनन् । विभिन्न स्थानमा खसेको पहिरोले बाटो पुरै ठप्प छ ।
विशेषगरी सदरमुकामबाट चल्ने उत्तरी दिङ्ला, साल्पासिलिछो, पूर्वी पौवादुङमा, दक्षिण घोरेटार, आमचोक, धोद्लेखानी, आखे्र, मानेभञ्ज्याङ, वैकुण्ठे, छिनामखु चल्ने ग्रामिण कच्ची सडकखण्ड हिलाम्मे र बिग्रिएपछि ग्रामिण भेगका सर्वसाधरण मारमा छन् ।