खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पहाड चढ्ने पर्यटकलाई ‘गोठ स्टे’


 संवाददाता   September 19, 2019   388 जनाले पढ़िसके




०२ असोज २०७६
भारतसँग सिमाना जोडिएको पाँचथरको उच्च पहाडी क्षेत्रमा ’गोठ स्टे’ को अवधारणाले मूर्त रुप लिएको छ। पर्यटकीय गन्तव्यहरू भएर पनि पर्यटकलाई चाहिने पूर्वाधार नभएका बेला ’गोठ स्टे’ सञ्चालन गरी गोठालाहरू पर्यटन व्यवसायी बन्ने तरखरमा छन्।
भारतको पश्चिम बंगाल र सिक्किमसँग सिमाना जोडिएको सीमावर्ती क्षेत्रमा घुम्न आउने पर्यटकका लागि ‘गोठ स्टे’ निर्माण गरिएको छ। पाँचथरको फालेलुङ र याङवरक गाँउपालिकाको उच्च पहाडमा २१ ओटा ‘गोठ स्टे’ तयार गरिएको हो।
रेडपाण्डा नेटवर्क र दीप ज्योति युवा क्लबको आर्थिक सहयोगमा गोठ स्टे सञ्चालन गरिएको हो। एउटा गोठ स्टे सञ्चालनका लागि एक लाख नौ हजार छ सय रुपैँया लगानी छ। गोठालाहरूलाई खानाका विभिन्न परिकार बनाउन र पर्यटकलाई स्वागत गर्न पनि सिकाइएको छ।
होमस्टेकै अवधारणमा गोठ स्टे विकास गरिएको दीप ज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताए।
सन्दकपुरदेखि चारराते, नेपालीटार, तोरीफुले, पानीभित्ता, तिम्बुपोखरी हुँदै कञ्चनजंघा आधार शिविरसम्म जाने पार्यटकहरूलाई बास बस्न ‘गोठ स्टे’ तयार गरिएको हो।
सीमावर्ती यो क्षेत्रमा नेपालतर्फ पर्याप्त पर्यटकीय गन्तव्यहरू भएपनि बास बस्न, खान र रमाउनका लागि पूर्वाधार भने छैनन्। फलस्वरुप भारतले एकतर्फी रुपमा फाइदा लिँदै आएको छ। गोठ स्टे सञ्चालन भएपछि पर्यटकहरूलाई नेपालतर्फ राखेर उनीहरूको बसाई लम्ब्याएर लाभ लिन सकिने यहाँका स्थानीयको विश्वास छ।
पुराना गोठहरूलाई सुधार गरिएको छ। गोठमा पर्यटकलाई बस्नका लागि राम्रो व्यवस्था मिलाइएको छ। आधुनिक तरिकाको चुलो निर्माण गरिएको छ। गोठमा पाइने खानेकुराको मिठो परिकार बनाउन गोठालाहरूलाई तालिम दिइएको छ। पर्यटकले लेकमा पाइने मिठा परिकार खान पाउनेछन्।
धुँवा नहुने र दाउरा कम लाग्ने चुलोहरू निर्माण गरिएको छ। उक्त चुलोको प्रयोगले गोठमा न्यानो हुने गरेको छ। फलामबाट निर्माण गरिएको चुलो तातेपछि गोठ नै न्यानो हुने गरेको हो।