खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



अब श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख जरिवाना


 संवाददाता   September 19, 2019   557 जनाले पढ़िसके




बिहीबार ०२, असोज २०७६
वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरबाट सरकारले जरिवाना असुल्न थालेको छ । वैदेशिक रोजगार विभागले साउन र भदौ महिनामा श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्नेलाई सजाय गर्नुपर्ने कानुनी व्यवस्था भएकाले जरिवाना लिन सुरु गरेको बताए ।
विगतमा ठगी गर्ने म्यानपावरबाट श्रमिकलाई क्षतिपूर्ति मात्र भराउने चलन थियो । वैदेशिक रोजगार ऐन २०६४ मा गलत सूचना दिने, श्रमिक ठगी गर्ने म्यानपावर र सम्बद्ध संस्था र व्यक्तिलाई जरिवाना तिराउनुपर्ने व्यवस्था छ ।