खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



उदयपुरमा बाढी, ३७ परिवार विस्थापित


 संवाददाता   September 18, 2019   391 जनाले पढ़िसके




०१ असोज २०७६
वर्षासँगै आएको बाढी र पहिरोका कारण उदयपुरको बेलका नगरपालिका आसपासका क्षेत्रका ३७ घरपरिवार विस्थापित भएका छन्। भदौ ३० गते रातिदेखि भारी वर्षासँगै पहिरो जाँदा बेलका ६ स्थित घारे र तित्रीबोटका १० घर राई र बोटे परिवार विस्थापित भएका हुन् । त्यसैगरी( ३ को गिदेरी खोला गाउँमा पस्दा सातपत्रे र निसानटोलका २१ घर डुबानमा परेको मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।
वर्षा नरोकिँदा ४ को सिसुवा खोलाले खोर्सानेझोर गाउँको सुरक्षाका लागि लगाएको बाँध भत्काउँदा ६ घर विस्थापित भएको थापाले जानकारी दिए । पहिरो र नदीको उच्च जोखिममा रहेका परिवार छिमेकीको शरणमा पुगेका छन् ।
पहिरोले तित्रीबोटका चुर्नलाल राईको घर पुरिसकेको छ भने जयलाल राईको आधा घर भत्काइसकेको उनले बताए । पहिरोले मानबहादुर माझीको ३ विघा खेतीयोग्य जमिन पुरेको छ भने माइक्रो हाईड्रो पावर पूर्णरुपले क्षतिग्रस्त भएको छ ।
स्थानीयका खेतीयोग्य जमिन वगरमा परिणत गर्नुका साथै सिचाईँ कुलो, बोरिङ्ग र खानेपानीमा क्षति पुगेको जनाइएको छ । शिसुवा खोलामा आएको बाढीले स्थानीयको २५ बिघा धानखेत पुरेको छ भने कटारी आसपासका क्षेत्रमा कटान गरेको वडाध्यक्ष दिपक दंगालले जानकारी दिए ।
स्थानीय नदी तथा खहरेले ९ धौरी, १ को आम्बासी, २ को धार र प्रथा खोलाले पारुहाङ्ग क्षेत्रका धानखेतीमा क्षति र्पुयाएको छ । त्यसैगरी ८ को बोप्ताङ्ग खानेपानी योजना, ७ र ८ पर्ने कोठुफेरी(बाग्दा, सोमबारे(मायुङ्ग्टार, लालबजार(बबला(घारे सडकका सडकमा क्षति पुगेको छ मेयर थापाले बताए ।
सडक भत्किएसँगै बिहानैदेखि आबागवन बन्द भएको छ । पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रका सडकमा ठाउँ(ठाउँमा नदीले कटान गरेपछि सडक अवरुद्ध भएको हो पहिरोले वडान ५ स्थित आधारभुत विद्यालय पोखरेमा क्षति र्पुयाएको छ ।
लगातारको भेलबाढीले उदयपुरको बेलका र सुनसरीको वरहाक्षेत्र नगरपालिकाको सिमानाबाट बग्ने सप्तकोसी नदीले स्थानीयको जमिन कटान गरेको मेयर थापाले जानकारी दिए ।
सप्तकोसीले पश्चिमी क्षेत्रको चिलियामा कटान गर्दा धार परिवर्तन गर्ने सम्भावना बढेको उनले बताए । बाढी घरमा पसेपछि स्थानीय ज्यान जोगाउँदै बाहिरिएका थिए । घार खोलामा आएको बाढी गाउँ पस्दा खाद्यान्न, लत्ताकपडा केही निकाल्न नपाएको मानबहादुर माझीले बताए ।
थाहाखबर