खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सम्भावनाका क्षेत्रलाई विश्वसामु र्पुयाउन ’सगरमाथा संवाद’ ः मन्त्री


 संवाददाता   September 18, 2019   183 जनाले पढ़िसके




असोज १, २०७६
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले आफ्ना सम्भावनाका क्षेत्रलाई विश्वमाझ र्पुयाउन ‘सगरमाथा संवाद’ नामक अन्तर्रा्ष्ट्रियस्तरको मञ्च स्थापना गर्नु परेको बताएका छन्।
मन्त्री ज्ञवालीले विश्व शान्ति स्थापनामा नेपालले र्पुयाएको योगदानको चर्चा गर्न पनि सो मञ्च उपयोगी हुने विश्वास व्यक्त गरे। ‘सगरमाथा संवाद’ राष्ट्रिय परामर्श गोष्ठीलाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले हाम्रा शान्ति प्रक्रियाका मौलिक अनुभव, भूकम्पपछि पुनःनिर्माण कार्यमा भएको तीव्रता, लैगिङ तथा समावेशी क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि तथा त्यसका लागि तय गरिएका नीति, कार्यक्रमबारे अन्तर्रा्ष्ट्रिय समुदायलाई जानकारी गराउन पनि सो मञ्चको स्थापना गरिएको बताए।
२र२ वर्षमा आयोजना हुने गरी तय गरिएको सो कार्यक्रमअन्तर्गत यस वर्ष सरकारले जलवायु परिवर्तनको विषयमा छलफल गर्नेछ। मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्नका लागि विश्वलाई नै अपिल गर्न नेपालले यस वर्षको ‘सगरमाथा संवाद’ कार्यक्रममा सोही विषयमा छलफल गर्न लागेको पनि स्पष्ट पारे। परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले शान्तिपूर्ण ढंगले ल्याएको राजनीतिक परिवर्तन पनि विश्वका लागि नमूनायोग्य कदम भएको दावी गरे।
थाहाखबर