खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



च्याम्पियन्स लिगको नयाँ सिजन आज सुरु हुँदै


 संवाददाता   September 18, 2019   256 जनाले पढ़िसके




असोज १, २०७६
च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आज सुरु हुँदैछ । गत संस्करणको लिग विजेता लिभरपुलले नेपोलीसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुवात गर्दैछ । लिभरपुलका जर्जेन क्लोपले आफूहरु गत संस्करणको विजेता भएपनि युरोपको उत्कृष्ट टोली रहेको नमान्ने बताएका छन् ।
खेल, नेपोलीको घरेलु मैदानमा राती पौने एक बजे सुरु हुनेछ । गत सिजन लिभरपुलले टोटनह्यामलाई २–० ले पराजित गर्दै उपाधि उचालेको थियो । आजै बार्सिलोनाले डर्टमन्डको सामना गर्नेछ ।
डर्टमन्डको घरेलु मैदानमा हुने खेलमा लियोनल मेस्सी पनि मैदान उत्रनेछन् । कोपा अमेरिकामा घाईते भएपछि ४ खेलमा मैदान बाहिर रहेका मेस्सी आजको खेलमा मैदान उत्रनेछन् । आजै राति चेल्सीले भ्यालेन्सिया, इन्टर मिलानले स्लाभिया प्राग तथा लियोनले जेनिट सट पिटरवर्गसँग प्रतिस्पर्धा गर्नेछ ।